Logo

कजारियाको नयाँ सोरुम सतुंगलमा

काठमाडौं– टाइल निर्माता कजारियाले काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरि नगरपालिका–११ का अध्यक्ष नरेद्रराज श्रेष्ठको उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, दुवै अतिथिहरूले रिबन काटेर सोरुम विस्तारको आरम्भ गरेका हुन् । कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

कम्पनीका अनुसार, काठमाडौंको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्