Logo

बिवाइडी हाई–टेक विक सम्पन्न

काठमाडौं– बिवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा लिले बिवाइडी हाई–टेक विक सम्पन्न गरेको छ । विकमा बिवाइडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी गरेको कम्पनीले बताएको छ ।

यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्त्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुन: पुष्टि गर्नुका साथै देशमा बढ्दो बिवाइडीको उपस्थितिलाई समेत दर्शाएको कम्पनीको दावी छ ।

नेपालमा सफलतापूर्वक सम्पन्न भएको बिवाइडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाइडी विद्युतीय सवारी साधनमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ ।

सो अफर आगामी मार्च ९ सम्म जारी रहने कम्पनीले बताएको छ । हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्