वल्र्डलिंकको नयाँ योजना सार्वजनिक

काठमाडौं– वल्र्डलिंक कम्युनिकेशन्सले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वल्र्डलिंकले नयाँ सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो ।
१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकको योगदान रहेको वल्र्डलिंकले जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमै १० लाख घर धुरीमा पुग्न सफल भएका छौं ।’
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा वल्र्डलिंकको सेवा पुग्नु यसैको उदारहण भएको वल्र्डलिंकले जनाएको छ ।