नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं– नेपाल एसबिआई बैंक कर्पोरेट क्लब नेपालले प्रदान गरेको वाणिज्य बैंक विधातर्फको एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्सबाट सम्मानित भएको छ । उक्त अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौदेखि गरेको महत्त्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्रा.डा. फत्तबहादुर केसी र मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो । एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आएको छ ।