चोरी भएको ३ वर्षपछि भेटियो चन्दननाथको मुख्य मुर्ती «

चोरी भएको ३ वर्षपछि भेटियो चन्दननाथको मुख्य मुर्ती

जुम्ला-कर्णालीकै प्रसिद धार्मिक स्थल चन्दननाथ मन्दिरको दत्तात्रयको मुख्यमूर्ति तीन वर्षपछि बेबारिस्से अबस्थामा भेटिएको छ । गत तीन वर्ष पहिले मन्दिरबाट चोरी भएको करिब १८ किलो चाँदीको दत्तात्रयको त्रिम मूख्य मूर्ति सोमबार बिहान खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
२०७३ मंसिर १२ गते राति मन्दिरबाट दत्तात्रयको मूख्यमूर्तिसहित २१ वटा बहुमुल्य मूर्ति चोरीएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका हुन् ।
मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ । मुचुल्का उठाइसकेपछि मन्दिरमा पुर्नस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए । उनका अनुसार विधिवत रुपमा पुजा आजा तथा होम गरी मन्दिरमा मुर्ति प्रतिष्थापनका गरिएको छ । हजारौ भक्तजनाको सहभागिता मुर्तिलाई राखिएको हो । चन्दननाथको सबै भन्दा पुरानो तथा बहुमुल्य मुर्ति चोरी यहााका नागरिक निराश थिए ।
सिआइबीको छानबिन अनुसन्धान गरेपनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । भने मूख्य दतत्तात्रयको मूर्ति भने भेटिएको थिएन । सबै भन्दा पुरानो दत्तात्रयको मुर्ति नभेटिदा निकै निरास भएका भत्तजनहरु अहिले निकै खुसी भएका छन् ।
दत्तात्रयको मुर्ति भेटिएपछि हर्सोउल्लासका साथ बाजा गाजा सहित मुर्तिलाई मन्दिरमा प्रतिष्थापन गरिएको हो । डिएसपी लाल बहादुर धामीका अनुसार चोरीबारे अनुसन्धान भईरहेका बेला मुर्ति भेटिएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मन्दिरको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाईने बताईन् । भने, सिसि क्यामरा नियमित संचालनको लागि ब्याकपको व्यवस्था, गरिने छ । विभिन्न पटक गरेर बेबारिस्से अबस्थाबाट मुर्ति भेटिएपनि चोरीमा संलग्नहरु भने पत्ता लगाएका छैनन् । अनुसन्धान जारी रहेको दोषीलाई प्रक्राउ गरी सार्वजानिक गरिने प्रशासनको दाबी छ । औपचारिकतामा सिमित रहने अनुसन्धानलाई नतिजामुखी बनाउन समेत जुम्लाबासीले दबाब दिएका छन् ।
मूर्ति चोरीमा संलग्न भएको आरोपमा चन्दननाथ नगरपालिका २ का जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीलाई दुइ बर्ष कैद सजाय तोकिएकोमा उनीहरु दुबै जना जेलमुक्त भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्