पोखराको माझकुनामा बोत्तल हाउस सञ्चालन

पोखरा– पोखरा महानगरपालिका कार्यालयसहित ८ वर्ष रोजगार गरेका एक युवा आफ्नो गाउँ ठाउँमा केही गर्नु पर्छ भन्ने मान्यतालाई सार्थक बनाउन रेष्टुरेण्ट व्यवसायमा लागेका छन् ।
नेपाली समाजमा इन्जिनियर जस्तो पेशा गर्नेले पनि रेष्टुरेण्ट पेशा गर्छन र भन्नेहरु माझ एक उदाहरणीय कार्य गर्दै पोखरा १६ का गोविन्द आचार्य (गोपी) ले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । आचार्यले पर्यटनको राजधानी घोषण गरेसँगै पोखराको मुख्यबजार क्षेत्रबाट केही नजिक रहेका गाँउ ठाँउको पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने मान्यताले करिब डेढ करोडको लगानीमा बोत्तल हाउस रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
पुन: प्रयोगमा नआउने वियरका बोतल प्रयोग गरेर रेण्टुरेण्ट सञ्चालनमा ल्याएको आचार्यले बताए । ४ हजार भन्दा बढी बढी बोतलबाट बोत्तल हाउस निर्माण गरिएको उनले जनाए । खेर गएका वस्तु तथा सामानलाई प्रयोग गर्न सकिन्छ भन्ने समाजमा देखाउन पनि बोत्तल हाउस रेष्टुरेण्ट सञ्चालन गरेको आचार्यको भनाइ छ ।
पोखरा १६ जोगिमणीस्थित माझकुनामा सञ्चालनमा रहेको बोत्तल हाउस नयाँ व्यवस्थापनसहित थप सेवा र सुविधाका साथ सञ्चालनमा हालै ल्याइएको आचार्यको भनाइ छ । पर्यटकीय क्षेत्र महेन्द्र गुफाबाट करिव ३ किलोमिटरको दूरीमा रहेको रिभरसाईड बोत्तल हाउस स्थानीय आचार्यले नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याएका हुन् । खोलाको छेउमा सञ्चालन भएको रेष्टुरेण्टको साथमा हाल ४ वटा रुमसमेत सुरु गरिएको उनले बताए ।
प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्दै स्थानीय उत्पादन तथा अर्गानिक खाना तथा खाजाको स्वाद लिन सकिने सो हाउसमा टिकटकका लागि आर्कषक स्थल, पार्क, स्वीमिङ पुल र बालबालिकाको लागि बाल उद्यान तथा मनोरञ्जनका लागि पर्याप्त सामग्री रहेको सञ्चालक आचार्यले जनाए । ढिंकीडाँडा रिसोर्ट सञ्चालन गरी अनुभव बटुलिसकेका आचार्यले त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी व्यवसाय सञ्चालन गरेका हुन् । बोत्तल हाउसले हाल १२ जनालाई रोजगारी दिएको छ ।