कारोबारकर्मी नवोदित सम्मानित

विराटनगर– कारोबार दैनिकका कोशी प्रदेश संयोजक मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् ।
मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेकोसमारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकदेखि साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नवोदितका तीनवटा मौलिक कृति प्रकाशित छन् । हाल कारोबार दैनिकको कोशी प्रदेश संयोजकको जिम्मेवारीमा रहेका उनले विभिन्न सञ्चारमाध्यमको सम्पादकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
नवोदितले आफ्ना सिर्जनामा पहाडी ग्रामीण जनजीवनका विषय उठान गर्नुका साथै पत्रकारितामार्फत साहित्यिक तथा सांस्कृतिक विषयलाई आमजनतामाझ पुर्याएका कारण महोत्सवको अवसर पारेर सम्मान गरिएको महोत्सवको संयोजन गरेको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए । विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ । मकालु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम भएको हो ।