सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता «

सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता

सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा छुटप्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरूमा उपचारको क्रममा सहज रूपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरूमा७.५ प्रतिशतसम्म छुट प्राप्तगर्न सक्ने बैंकको जनाएको छ ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्