कृषि विकास बैंकको सञ्चालकमा पोखरेल

काठमाडौं– कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सेवन्तक पोखरेल मनोनयन भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरिय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालकमा नियुक्त गरेका हुन् ।
पोखरेलसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक पोखरेललाई बैंकका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा बैंकका सञ्चालकहरु उपस्थित थिए ।