Logo

नागरिक लगानी कोष गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरे ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले छुट पाउने छन् । छुटका लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्