सेना र गाउँपालिकाको सहकार्यमा हेलिप्याड निर्माण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित स्यार्पूमा हेलिप्याड निर्माण गरिएको छ । रुकुम पश्चिमस्थित नेपाली सेनाको नरसिंह दल गण र बाँफिकोट गाउँपालिकाको साझेदारीमा हेलिप्याड निर्माण गरिएको हो । करिब ५ लाख रुपैयाँको लागतमा सेनाले हेलिप्याड निर्माण गरेको नरसिंह दल गणका गणपति दिनेश गौतमले जानकारी दिए । उनका अनुसार हेलिप्याड निर्माणमा गाउँपालिकाको तीन लाख र सेनाले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेको हो । हेलिप्याड निर्माणपछि त्यस क्षेत्रमा बिरामी, अन्य आपतकालीन र पर्यटकीय प्रयोजनका लागि पनि हेलिकप्टर बसाल्न सहज भएको छ ।