महालक्ष्मी विकास बैंकद्वारा वाकाथन सम्पन्न

काठमाडौं- महालक्ष्मी विकास बैंकले यही फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुई दिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन सम्पन्न गरेको छ ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राखेको बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेको बैंकले जनाएको छ ।