Logo

भ्रष्टाचारको आरोपबाट सिलवालले पाए सफाइ

काठमाडौं- बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ मा सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्