Logo

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक खुल्यो

जुम्ला- लगातारको वर्षा र हिमपात पछि अवरुद्ध नाग-गमगढी सडक खुलेको छ । उक्त सडक खण्डको भूलभुले र सात मोडमा पहिरो खस्दा र हिउँ जमेपछि अवरुद्ध सडक खुलेको हो । भूलभूलेमा बाक्लो हिउँ जमेर र सात मोडमा पहिरो आएर सडक दुईदेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

सडक अवरुद्धपछि सडक डिभिजन जुम्लाले निरन्तर पहिरो तथा हिउँ पन्छाउ मेसिनसहित जनशक्ति खटाएपछि छिट्टै सडक संचालनमा आएको छ । सडक अवरुद्ध हुँदा रारा घुम्न जाने पर्यटक तथा मुगुबासीलाई आवतजावत असहजता भएको थियो । मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरुद्ध भएपनि हाल खोलिएको छ ।

प्रहरी चौकी गोठिज्युलाबाट खटिगएको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा जि.अ.देखि भुलभुलेसम्मको करिब ४ किलोमिटर सडकमा आएको पहिरो पन्छाएर सडक संचालनमा आएको डिएसपी छेदिलाल कामतीले बताए । सडक सुचारु भएपछि स्थानीय तथा रारा जाने पर्यटकलाई सहज भएको छ ।

यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले निरन्तरको प्रयासपछि अवरुद्ध सडक संचालनमा आएको बताए । उनका अनुसार कतै सुरक्षाकर्मी, कतै कार्यालयका जनशक्ति तथा मेसिन प्रयोग गरेर सातमोड क्षेत्र, भूलभूल र जि.अ.भीडको हिउँ तथा पहिरो पन्छाएर सडक खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्