मागपत्र अनलाइन प्रमाणीकरणमा कतार दूतावासको असहयोग «

मागपत्र अनलाइन प्रमाणीकरणमा कतार दूतावासको असहयोग

वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपालीदूतावासले आनाकानी गरेको पाइएको छ ।सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाईअनलाइन प्रणालीमा अप गे्रड गर्ने योजनालाईविभिन्न बहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् ।
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउन नियोगमा प्रमाणित मागपत्रअनलाइनगर्न सबै नियोगलाई पत्राचार गरे पनि दोहास्थित नेपाली दूतावासले भने विभिन्न बाहानामा प्रमाणित मागपत्रलाई अनलाइन गर्न नसकिनेजनाउदै आएको छ । विभागले विभिन्न चरणमा पत्र पठाएर अनलाइनमा जान सूचना जारी गरेपनि दूतावासले हाल आएर प्रणालीको संचालनका बिषयमा जानकारी नआएकाले तत्काल लागू गर्न नसकिने जनाएको छ । मागपत्र प्रमाणीकरणका दृष्टिकोणले अत्यधिक सेवाग्राही हुने नियोग भएका कारण जनशक्ति र उपकरण अभाव देखाउँदै प्रमाणित मागपत्र अनलाइन गर्न नसकिनेदूतावासले जनाएको छ । दोहास्थित नेपाली दूतावासजस्तै कार्यबोझ धेरै हुने मलेसियाले भने प्रमाणीकरणको काम गरिरहेको छ ।
दोहास्थित नेपाली दूतावासले पुस २९ गते परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा वैदेशिक रोजगार विभागबाट तयार भएको प्रमाणीकरणको अनलाइन प्रणाली (एटेस्टेसन मोड्युल) का बारेमा जानकारी नपाएको उल्लेख गरेको छ । “यस विषयमा सामान्य जानकारी भएको बिषयमा जनशक्ति नभएको हुदा उक्त नयाँ प्रणालीसञ्चालनका विषयमा अभिमुखीकरण गर्न जरुरी छ,” दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्पmत विभागमा पठाएको पत्रमा भनिएको छ, “नयाँ प्रणालीको बिषयमा कुनै जानकारी वा अभिमुखीकरण नभइ सञ्चालन गर्न कठिनाइ हुने देखिएको तथा सञ्चालनको प्रयास गर्दा पूर्ण रूपमा संचालनमा गर्न नसकिएको अवस्था छ ।”
विभागले भने दूतावासले स्क्यान गरेको सामान्य कागजात अनलाइन प्रणालीमा अपलोड गर्न भएका जनशक्तिबाट गराउन नसक्नुमा नियत देखिएको बताएको छ । “कतारमा जस्तै मागपत्र प्रमाणीकरण गर्ने चाप धेरै रहेपनि मलेसियाले भने नियमित अनलाइन अपलोडको काम गरिरहेको छ,” विभागका एक कर्मचारीले भने “नयाँ प्रणाली सुरु गर्दा मलेसिया लगायत अन्य नियोगलाई भने नयाँ जनशक्ति नदिएपनि प्रमाणिकरण अपलोड गर्ने कार्य भईरहेका बेला कतारले विभिन्न माग गर्नु वैदेशिक रोजगार प्रणालीलाई व्यवस्थित गराउने पक्षमा असहयोग गरेको देखिन्छ ।”
कतारस्थित नेपाली राजदूत डा. नारदनाथ भारद्वाज वाग्लेले दूतावासमा जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण उक्त काम गर्न नसकिएको जनाएका छन् । “नयाँ प्रणालीसम्बन्धी बिषयमा अभिमुखीकरण भएपछि सो प्रणाली पूर्ण रूपमा सञ्चालन गर्न दूतावासमा जनशक्ति र भौतिक स्रोत साधनको अभावछ,” राजदूत भारद्वाजले पठाएको पत्रमा भनिएको छ, “दैनिक २० देखि २५ कम्पनीका मागपत्र र १५ देखि २० वटा व्याक्तिगत माग प्रमाणीकरण भइरहेको अवस्थामा कुनै एक कम्पनीले पेश गरेका कागजातमध्ये कम्तिमा १०÷१२ पेज स्क्यान गरेर छुट्टाछुट्टै अपलोड गर्नुपर्ने हुन्छ ।” दोहास्थित दूतावासले व्याक्तिगत मागपत्रका लागि ७ देखि ९ वटा कागज स्क्यान गरी अपलोड गर्नुपर्ने जनाउदै प्रणाली सञ्चालन गर्न नसकिने तर्क राखेको छ । यसका लागि दूतावासले १ जना सहायकस्तर र उच्च क्षमताको २ थान स्क्यानर मेसिन माग गरेको छ । यसका लागि दूतावासले आन्तरिक स्रोतबाट खरिद गर्न नसक्ने जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी ठगी हुने कामदारको माग प्रक्रियालाई मोड्युल बनाई आवश्यकता अनुसार हेर्ने मिल्ने प्रणालीको विकास गरि यसलाई व्यवस्थित गर्न सन २०२० बाट यो प्रणालीको विकास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्