Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ४ अर्ब ११ करोड

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको सो सभा पश्चात् संस्थापक समूहका लागि पृथ्वीबहादुर पाँडे, दीपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदनकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा कवि कुमार टिवरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कूल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्