प्रोग्रेशिभ फाइनान्स ३०औं वर्षमा

काठमाडौं– प्रोग्रेशिभ फाइनान्स ३०औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा फाइनान्सले पाटन सुन्धारामा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
स्टार हस्पिटलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रक्तदाताको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनले व्यवसायिक कृयाकलापसँगै यस प्रकारका सामाजिक गतिविधि अगाडी बढाउन सकेकोमा खुशी प्रकट गरे ।
प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सम्पूर्ण रक्तदातालाई धन्यवाद दिँदै स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतालाई प्राथमिकता दिई यस फाइनान्सले आयोजना गरेको रक्तदान कार्यक्रमबाट अमूल्य जीवनहरुलाई बचाउन सकिने धारणा राखे । सो अवसरमा फाइनान्सका कर्मचारीसमेतको सहभागीतामा ६४ जनाले रक्तदान गरेका थिए ।