गरिमा विकास बैंक सम्मानित

काठमाडौं– गरिमा विकास बैंक कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘कर्पोरेट एक्सिलेन्स’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
यस उपाधिले आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ । आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।