सिम्बोलिक फेसनको दोस्रो आउटलेट «

सिम्बोलिक फेसनको दोस्रो आउटलेट

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा शुक्रबार नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको भव्य उद्घाटन गरिएको कम्पनीले जनाएको छ । सिम्बोलिक फेसनको पहिलो आउटलेट वैशाख १ गतेदेखि मैतीदेवीमा सञ्चालनमा रहेको भन्दै कम्पनीले सिम्बोलिक फेसनको दुवै आउटलेटहरूमा महिला, पुरुष तथा बच्चाहरूका लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरू उपलब्ध रहेका जनाएको छ । साथै नाइक, एडिडास, रिबोकजस्ता उच्चगुणस्तरका ब्रान्डेड जुत्ताहरूको कलेक्सनसमेत उपलब्ध भन्दै कम्पनीका उक्त स्टोरका सामानहरू स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेजतथा इन्स्टाग्राममार्फत अनलाइनबाटसमेत खरिद गर्न सकिने जनाएको छ । देशैभर घरैमा बसिबसी अर्डर गरी घर–घरमा डेलिभरी दिने सेवासमेत उपलब्ध रहेको तथा क्यास अन डेलिभरी, विभिन्न बैंक मार्फत भुक्तानी एवं ई–वालेट ई–सेवा, आईएमईपेबाट समेत अनलाइन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्