Logo

बलेरो दुर्घटनामा ४ को मुत्यु

सिन्धुलीको फिक्कल गाँउपालिका ४ खाङ्साङको टर्कीबेसी भन्ने स्थानमा बलेरो दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । सवारीमा रहेका अन्य ७ जना घाईते भएका छन् । 
खुर्कोटबाट खाङसाङ तर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको बलोरो जीप उकालो चढ्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खेतमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा फिक्कल गाउँपालिका ४ का ४० वर्षीय अम्बर बहादुर दर्लामी र सोही ठाउँकै रामप्रसाद बराल, ५९ बर्षीय दिप बहादुर मगर र ६० बर्षीय नरबहादुर बलम्पाकी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सातै जनाको अवस्था गम्भीर छ । घाइतेहरुको काठमाण्डौँको वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ । 
दुर्घटनास्थलमा खाङसाङका प्रहरी उद्धारमा परिचालित भएका थिए । खुर्कोटबाट पनि थप प्रहरी टोली खटाइएको थियो ।  दुर्घटनास्थल सिन्धुली सदरमुकामबाट अन्दाजी ५० देखि ६० किलोमिटर टाढा पर्दछ । 
बलेरो चालक सहित १२ जना सवार पिकप बोलोरे आईतवार राती ९ बजे दुर्घटना भएको थियो । गाडी चालक फिकल गाँउपालिका ३ खोलागाँउ बस्ने ३५ बर्षीय एग्य राना मगरलाई प्रहरीले पक्राउ परेको छ ।

प्रतिक्रिया दिनुहोस्