स्वस्तिक लघुवित्तको साधारणसभा «

स्वस्तिक लघुवित्तको साधारणसभा

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते प्रथम साधारणसभा सम्पन्न गरेको छ । वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष सत्य नारायण झाको अध्यक्षता, उद्योग वाणिज्य संघ, लहानका अध्यक्ष अशोकलाल अमात्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सत्यनारायण झाले आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त साधारणसभामा कम्पनी सचिव तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले आव २०७५-७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको वार्षिक प्रतिवेदनसहितको आव २०७५-७६ को सम्पूर्ण वित्तीय विवरणहरूमाथि छलफल, लेखापरीक्षक नियुत्ति तथा पारिश्रमिक तोक्नेसम्बन्धी सामान्य प्रस्ताव पेस गर्नु भएकोमा साधारणसभाले उक्त सम्पूर्ण प्रस्ताव पास गरेको छ । त्यस्तै संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व हुने गरी समूह (क) अन्तर्गत ४ जना सञ्चालकका लागि भएको निर्वाचन निर्विरोध भएको घोषणा निर्वाचन अधिकृत नारायण वस्तीले गरे ।
नवनिर्वाचित सञ्चालकहरू सत्य नारायण झा, डा. प्रमोदकुमार झा, सुधांशु शेखर झा र रविसेन साह छन् । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सत्यनारायण झालाई अध्यक्ष चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्