लाइफरको पहिलो एक्लुजिभ शोरुमको उद्घाटन «

लाइफरको पहिलो एक्लुजिभ शोरुमको उद्घाटन

गायत्री एन्ड सन्स् प्रालिले बितरण गर्दै आएको उच्च गुणस्तरीय घरायसी सामग्रीको ब्रान्ड लाइफरको पहिलो शोरुम ‘एड्रिना इम्पेक्स’ शुक्रबारका दिन शुभारम्भ भएको छ । सो कार्यक्रम कम्पनीका एक्जिक्युटिभ डाइरेक्टर राजकुमार मोर, बिजनेसी हेड नवराज बराल, सेलस हेड किरन बस्नेत, मार्केटिङ हेड सोहिल श्रेष्ठलगायत राजु ढकाल, चिरन्जिवी भुषाल र शोरुमका प्रोप्राइटर राजकुमार श्रेष्ठले रिबन काटी उद्घाटन गरिएको हो ।
शोरुमको उद्घाटनको उपलक्ष्यमा समाज सेवाका रूपमा उक्त दिन एड्रिना इम्पेक्सले मुन्बो बाइहिण्डवेरसँग संयुक्त रूपमा पिउने पानिको टिडिएस लेबल जाँच गरी स्वच्छ पानी पिउन सबैलाई प्रेरित गरेको गायत्री एन्ड सन्स् प्रालि मार्केटिङ हेड सोहिल श्रेष्ठ बताए ।

प्रतिक्रिया दिनुहोस्