Logo

‘एकदेशमा पारस खड्का’ कार्यक्रम आयोजना

काठमाडौं– एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले ‘एकदेशमा: पारस खड्का’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट टिमका पूर्व कप्तान, नेपाल क्रिकेट संघका सचिव तथा हालै सम्पन्न नेपाल प्रिमियर लिगका संयोजक पारस खड्का प्रमुख वक्ताका रूपमा सहभागी थिए ।

उनले आफ्नो प्रारम्भिक संघर्षदेखि २०१४ को आइसीसी टी २० विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडीआई मान्यता दिलाउने सफलता, खेल प्रशासनमा संलग्नता तथा ब्रान्ड एन्डोर्समेन्टको यात्राबारे प्रेरणादायी अनुभव साझा गरे । पारसले खेलमा समर्पण र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धता कसरी ब्रान्ड एन्डोर्समेन्टको दृष्टिकोणमा समान रूपले लागु हुन्छ भन्ने विषयमा प्रकाश पार्दै, जुनसुकै क्षेत्रमा पनि इमानदारी र जोसको महत्त्व रहेको उल्लेख गरे ।

कार्यक्रममा विज्ञापन क्षेत्रका पेशेवर हीनाद्वारा वाचन गरिएको एक भावनात्मक कविता प्रस्तुत गरिएको थियो, जसले माहोललाई थप प्रेरणादायी बनायो । कार्यक्रममा एड क्लब अफ नेपालका गभर्नर विधान राजभण्डारी र एडभर्टाइजिङ एशोसिएसन अफ नेपालका अध्यक्ष सुदीप थापाले पारस खड्कालाई सम्मान स्वरूप विशेष स्मृति चिन्ह प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्