Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश गरेको छ । ३९औं वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डेले ग्राहक, संस्थापक, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालालाई बैंकप्रति देखाएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्त्वपूर्ण योगदान रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रस्तुत गरिरहने जानकारी दिए ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ । वार्षिकोत्सवमा बैंकले ग्राहकलाई नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । जुन खाता ग्राहकले ३९ रूपैयाँ मौज्दातमै खोल्न सक्नेछन् भने यसमा ९ रूपैयाँमा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रूपैयाँमा भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रूपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रूपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्