मेचीनगरको राजस्व सात करोड ८२ लाख

बिर्तामोड– झापाको मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा सात करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आवको पुस मसान्तसम्ममा आन्तरिकतर्फ विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन गरेको हो । मेचीनगरका राजस्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले नगरपालिकाका १५ वटै वडाबाट उक्त राजस्व संकलन भएको बताए । मेचीनगर कार्यालयबाट २ करोड २८ लाख राजस्व संकलन भएको छ ।
मेचीनगर नगरपालिकाको– १ नम्बर कार्यालयबाट १७ लाख, २ बाट १८ लाख, ३ बाट १४ लाख, ४ बाट १३ लाख, ५ बाट १८ लाख, ६ बाट १ करोड १० लाख, ७ बाट ४२ लाख राजस्व संकलन भएको हो । त्यसैगरी ८ नम्बर वडाबाट ५६ लाख, ९ बाट ३२ लाख, १० बाट ९० लाख, ११ बाट २३ लाख, १२ बाट २३ लाख, १३ बाट ३० लाख, १४ बाट २१ लाख र १५ बाट २१ लाख रुपैयाँ राजस्व संकलन भएको पराजुलीले जानकारी दिए ।
एकीकृत सम्पत्ति करबाट २ करोड २७ लाख, बहाल करबाट ५७ लाख, अन्य मनोरञ्जन करबाट ३० लाख, अन्य र विज्ञापन करबाट २६ हजार, सरकारी सम्पत्तिको बहालबाट १ लाख, अन्य बिक्रीबाट ५१ लाख, फोहोरमैला संकलन शुल्कबाट १२ लाख, न्यायिक दस्तुरबाट ५७ हजार, शिक्षा क्षेत्रको करबाट १ लाख, अन्य प्रशासनिकबाट ४९ लाख रुपैयाँ राजस्व संकलन भएको पराजुलीले जानकारी दिए ।
त्यस्तै पार्किङ शुल्कबाट ८५ लाख, नक्सापास दस्तुरबाट ३३ लाख, सिफारिस दस्तुरबाट ९९ लाख, व्यक्तिगत घटना दर्ताबाट ७ लाख, नाता प्रमाणितबाट ३ लाख, अन्य दस्तुरबाट ८५ हजार, व्यवसाय रजिष्टेशन दस्तुरबाट ३७ हजार, न्यायिक दण्ड जरिवाना तथा जफतबाट ५२ हजार, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट १८ लाख र व्यवसाय करबाट ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
मेचीनगरले चालु आवमा उक्त शीर्षकका करहरूबाट १६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । मेचीनगर राजस्व शाखा प्रमुख पराजुलीले चालु आवको पुस मसान्तसम्म ४६ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए । मेचीनगर नगरपालिकाले आव २०७९/८० मा ११ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको तथा गत आव २०८०/८१ मा १३ करोड ३८ लाख राजस्व संकलन गरेको बताए ।