फिलिप्सको नयाँ एमआरआई सोलुसन

नयाँ प्रविधिको विकासले मानिसको जीवनका प्रत्येक भागलाई प्रभावित पारिरहेको कुरो नौलो अब रहेन । नौलो भनेको कुन क्षेत्रमा के भइरहेको भन्ने विषय हो । फिलिप्सले यसैबीच एमआरआई स्क्यानका बेला बिरामीलाई शान्त पार्न स्वास्थ्य सम्बन्धी स्मार्ट उपकरण बनाएको छ ।
रोयल फिलिप्स स्वास्थ्य प्रविधिको क्षेत्रमा एक अगुवा कम्पनी हो । एमआरआईका लागि यसले अम्बिएन्ट एक्सपिरियन्स इन बोर कनेक्ट सोलुसन ल्याएको घोषणा गरेको छ । यो सोलुसन अमेरिकाको म्यासाचुसेट्सस्थित लाहे मेडिकल सेन्टरमा एमआरआईका लागि यो सोलुसन जडान गरेको उसले जनाएको हो । यो जडान उसको २५०औं हो । एमआरआईको समयमा यो नयाँ सोलुसनले बिरामीलाई तनाव कम गराउन र एमआरआईका छवि राम्रो प्राप्त गर्न सहज बनाउँछ ।
फिलिप्सको अम्बिएन्ट एक्सपिरियन्स इन बोर कनेक्ट सोलुसनले बिरामीलाई मल्टिमिडियाको अनुभव गराउँछ । यसबाट बिरामीमा भएको तनावबाट शान्त हुन सहयोग गर्छ । बिरामी शान्त भएपछि एमआरआईको प्रक्रियामा क्रियाशील स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ । सो अस्पतालको रेडियोलोजी विभागका प्रमुख क्रिस्टोफ वाल्डले भने, “यो प्रविधिबाट हाम्रो टोलीले तीव्र गतिमा बढी प्रभावकारिताका साथ यो कार्यलाई पूरा गर्न सक्षम भएको छ । साथै यसबाट राम्रा बिरामीहरू बढी आराम महसुस गर्छन् र रेडियलजिस्टहरूले आफ्नो कार्य पूरा गर्न बढी ध्यान केन्द्रित गर्न पाउँछन् ।”
एमआरआईको उपकरणमा प्रवेश गर्दा बिरामीहरूमा तनाव र चिन्ता हुनसक्छ । उपकरणमा बिरामीलाई राखिएपछि त्यहाँ भिडियोहरू चल्न थाल्छ । यी भिडियोहरू बिरामीका रूचि अनुसार राखिएका हुन्छन् । यस्ता भिडियोहरूले बिरामीलाई उनीहरूलाई तनावमुक्तको अवस्थामा पु¥याउन मद्दत गर्छ । पहाड, झरना, सागरमुनिका भिडियोलगायत बिरामीको रूचि अनुसारको भिडियोसँग प्रवाहित हुने अडियो सुन्नका लागि इयर फोन लगाइएको हुन्छ ।
एमआरआई उपकरणमा चिकित्सकहरूका लागि काम गर्न बिरामीहरूलाई स्वास रोक्नुस्, टाउको सीधा पार्नुस् जस्ता निर्देशनको आवश्यकता परेका बेला भिडियो चलिरहेका बेला मिलाइएको हुन्छ । यसका साथै एमआरआई स्क्यानरले गर्ने कार्य गर्ने अवधिबारे जानकारी पनि साथै दिइरहेको हुन्छ । फिलिप्स कम्पनीस्थित हेल्थकेयर एक्सपिरियन्स सोलुसनका महाप्रवन्धक वर्नर स्याटरले भने, “हाम्रो अम्बिएन्ट एक्सपिरियन्स इन बोर कनेट सोलुसनलाई बिरामी र यसमा क्रियाशील स्वास्थ्यकर्मीहरूलाई गुणस्तरीय छवि प्राप्त गर्न सहयोग पु¥याउने उद्देश्यले बनाएका छौं ।” विश्वभरि हाम्रो यो सोलुसनको माग बढिरहेको छ । यसलाई स्वास्थ्य सेवा बिरामी केन्द्रित बाटोको अवधारणा अनुरूप बनाइएको उनको भनाइ थियो । यसबाट स्वास्थ्यकर्मीलाई एमआरआईबाट बिरामीको अंगहरूको छवि राम्रो भन्दा राम्रो प्राप्त गर्न मद्दत मिलेको उनले जनाए ।
यसअघिका एमआरआई स्क्यानरबाट गरिएका स्क्यानहरू मध्ये कतिपयलाई दोहो¥याएर गर्नुपर्ने अवस्था आउने गरेको थियो । तर यो सोलुसन प्राप्त भएयता दोहो¥याएर स्क्यान गर्ने संख्यामा व्यापक कमी आएको डेनमार्कको हर्लेभ गेन्टफ्ट युभिर्सिटी हस्पिटलको अध्ययनबाट थाहा हुन आएको छ । फेरि स्क्यान गर्नुपर्ने अवस्थाबारे गरिएको अध्ययनले वार्षिक यो संख्या ७० प्रतिशतले कमी आएको जनाएको छ । यसका साथै यो सोलुसनबाट गरिएका एमआरआई स्क्यानका बिरामीहरू मध्ये ८४ प्रतिशतले एमआरआईका बेला धेरै शान्त अनुभव गरेको अध्ययनबाट थाहा भएको हो ।
एमआरआई स्क्यान प्रक्रियासम्बन्धी अध्ययन फिलिप्सले पेसन्ट एक्सपिरियन्स इन इमेजिंग स्टडी अन्तर्गत गरेको र त्यसलाई हालै प्रकाशित गरेको छ । यो सर्वेक्षण अमेरिका र जर्मनीका ६०३ बिरामीहरूसँग गरिएको थियो । सर्वेक्षणका क्रममा बिरामीहरूले आफूहरूलाई स्क्यान प्रक्रिया समेतका बारेमा जानकारी दिएर सहजता अनुभव उपलब्ध भएको बताए । सोलुसन कम्पनीको ठूलो उत्पादन विभाग हो । विगतको दशकमा फिलिप्सको यो विभागले अम्बिएन्ट एक्सपिरियन्स सोलुसनका १२५० उपकरण जडान गरिसकेको छ । यी उपकरण रेडियलोजि डिपार्टमेन्ट, इमर्जेन्सी डिपार्टमेन्ट र ट्रिटमेन्ट रूमहरूमा गर्ने गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यी उपकरण ५० भन्दा बढी देशमा जडान गरिसकेको जनाएको छ ।