निगजढ विमानस्थल सञ्चालन गर्न जुरिच एयरपोर्टसँग आशयपत्र माग «

निगजढ विमानस्थल सञ्चालन गर्न जुरिच एयरपोर्टसँग आशयपत्र माग

सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वीट्जरल्याण्डको जुरिच एयरपोर्ट इन्टरनेशनल एजीसँग आशयपत्र माग गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको विकास र सञ्चालनका लागि लगानी बोर्डले प्रस्ताव आह्वान समेत गरिसकेको छ ।
लगानी बोर्डले शुक्रबार सार्वजनिक गरेको सूचनामा कम्पनीसँग आशयपत्र माग गरिएको छ । प्रस्तावित ७ कम्पनीमध्येबाट जुरिच सर्टलिस्टमा परेपछि उसँग आशयपत्र माग गरिएको लगानी बोर्डको भनाइ छ ।
गत असोज ६ गतेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका लागि विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । बोर्डका अनुसार कम्पनीले फागुन १८ गतेसम्म प्रस्ताव पेश गरिसक्नु पर्नेछ । कम्पनीले आर्थिक र प्राविधिक दुवै प्रस्ताव पेश गर्नुपर्नेछ ।
कम्पनीको प्रस्ताव लगानी बोर्डले स्वीकृत गरिसकेपछि मात्रै विमानस्थल विकास र सञ्चलानको जिम्मेवारी कम्पनीले पाउनेछ । बोर्डले यसबारेमा फागुन ४ गते प्रि–ब्रिफिङ गर्र्दैछ ।
पीपीपी मोडेलमा निर्माण हुन लागेको विमानस्थल ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ । हाल सर्वोच्च अदालतले रुख कटानको विषयमा अन्तरिम आदेश दिएपछि अहिले अन्योल सिर्जना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्