लामिनार टाइल्सको संग्रह सार्वजनिक

काठमाडौं–नेपालकै पहिलो भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले फुल–बडी टाइल संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।
फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पुरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार कम्पनीका उत्पादनहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।
आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका टाइलले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा विभिन्न गुणमा उल्लेखनीय प्रदर्शन गरेको कम्पनीको दावी छ ।