Logo

एनसेलको रिन्यूअल प्याकमा अनलिमिटेड कनेक्टिभिटी

कठमाडौं– एनसेलले आफ्ना ग्राहकलाई नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकमार्फत ग्राहकले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाको फाइदा लिन सक्छन् ।

रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकप्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था रहेको छ ।

सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकमा यूट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्री डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्