६ महिनामा ३३.८५ किमि सडक कालोपत्रे

दाङ– लुम्बिनीमा ६ महिनाको अवधिमा ३३.८५ किलोमिटर सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा यो मात्रामा कालोपत्रे थप भएको हो । यसै अवधिमा ग्राभेल १४.२ किलोमिटर, सडक चौडा ३४.३ किलोमिटर, नयाँ ट्रयाक ०.१५ किलो मिटर भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले जानकारी दिए ।
६ महिनाको अवधिमा सडक पुल १२ वटा, झोलुंगे पुल दुईवटा कल्भर्ट/कजवे ४८ वटा निर्माण भएको सचिव पन्थीले जानकारी दिए । डिप टयुवेल आठवटा सम्पन्न भएका छन् भने २१ वटा निर्माणको चरणमा छन् । ट्याङकी २४ वटा निर्माण सम्पन्न भएका छन भने ३३ वटा निर्माणाधीन अवस्थामा छन् । इन्टेक २० वटा सम्पन्न भएका छन् । यस्तै दुईवटा कलेक्सन च्याम्बर निर्माण सम्पन्न भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा १५०.४१ किलोमिटर सडक कालोपत्रे भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ यो मात्रामा प्रदेशमा कालोपत्रे थपिएको हो । प्रदेश सरकारमार्फत् एक वर्षमा १५०.४१ किलोमिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकास विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले सडक निर्माण प्राथमिकता दिएर अगाडि बढेको जनाएको छ । यसैअनुसार सडक कालोपत्रे, सडक विस्तार, नयाँ ट्रयाक खोल्ने, गाभेल गर्ने काम गरेको मन्त्रालयले जनाएको छ ।
नागरिकमा सहज यातायात पुर्याउनका लागि सडकलाई प्राथमिकता दिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयकाको तथ्यांकअनुसार रुपन्देही जिल्लामा २१.५९ किमि, कपिलवस्तुमा १४.१७ किमि, पाल्पामा ३.२४ सय किमि, गुल्मीमा २३.४२ किमि, अर्घाखाँचीमा १३.९७ किमि कालोपत्रे गरिएको छ । त्यसैगरी प्युठानमा ९.७५ किमि, रोल्पामा ०.१० किमि, बर्दियामा २४.४० किमि, बाँकेमा २०.२७ किमि र दाङमा १९.५० किमि सडक कालोपत्रे भएको छ ।
एक वर्षको अवधिमा प्रदेशमा २९.७९ किमि ग्राभेल गरिएको छ । रुपन्देहीमा २२.५९ किमि, कपिलवस्तुमा ९.२० किमि, पाल्पामा १०.१४ किमि, गुल्मीमा ४०.३० किमि, अर्घाखाँचीमा ४३.३८ किमि, प्युठानमा ९.४० किमि ग्राभेल गरिएको छ । रोल्पामा ३.३२ किमि, रुकुम पूर्वमा ०.७९ किमि, बर्दियामा १९.८३ किमि, बाँकेमा १२.७२ किमि, दाङमा ३८.१२ किमि ग्राभेल भएको छ । यसैगरी यस अवधिमा १५५.१२ किमि सडक विस्तार भएको छ ।
पाल्पामा २३.६६ किमि, गुल्मीमा ३८.६० किमि, अर्घाखाँचीमा २४.९२ किमि, प्युठानमा २५.७५ किमि, रोल्पामा ९.३१ किमि सडक विस्तार भएको छ । रुकुम पूर्वमा ८.७८ किमि, बाँकेमा १२.८२ किमि, दाङमा ११.२८ किमि सडक विस्तार भएको छ । प्रदेशमा एक वर्षको अवधिमा ९४.१७ किमि नया ट्रयाक खोलिएको छ । पाल्पामा ३.९२ किमि, गुल्मीमा २९.८० किमि, प्युठानमा १८.२४ किमि, रोल्पामा ५.४२ किमि, रुकुम पूर्वमा २७.२७ किमि, बाँकेमा २.२० किमि, दाङमा ७.३२ किमि नयाँ ट्रयाक खोलिएको मन्त्रालयको तथ्यांक छ ।
आर्थिक वर्ष २०८०/०८१ को एक वर्षमा १७.७९ किमि सडक ढलान गरिएको छ । जसमा रुपन्देहीमा ३.२६ किमि, कपिलवस्तु १.२४ किमि, पाल्पामा ६.२३ किमि, गुल्मीमा २.२४ किमि, अर्घाखाँचीमा ०.९२ किमि सडक ढलान भएको छ । प्युठानमा ०.४५ किमि, रुकुम पूर्वमा ०.४८ किमि, बर्दियामा ०.२९ किमि, बाँकेमा २.०९ किमि, दाङमा ०.४१ किमि सडक ढलान भएको छ । यसैगरेर प्रदेशमा एक वर्षको अवधिमा ३९ वडा सडक पुल निर्माण भएका छन् ।
मन्त्रालयका अनुसार रुपन्देही जिल्लामा १० वटा कपिलवस्तुमा ६, पाल्पामा १, गुल्मीमा २, अर्घाखाँचीमा २ वटा सडक पुल निर्माण गरिएको छ । प्युठान जिल्लामा ३, रोल्पामा २, रुकुम पूर्वमा ५, बर्दियामा २, बाँकेमा ५, दाङमा १ वटा सडक पुल निर्माण गरिएको छ । एक वर्षको अवधिमा प्रदेशमा १७ वटा भोलुंगे पुल निर्माण भएका छन् । मन्त्रालयका अनुसार रुपन्देही जिल्लामा २, कपिलवस्तुमा १, गुल्मीमा ३, अर्घाखाँचीमा १ वटा भोलुंगे पुल निर्माण गरिएको छ ।
प्युठान जिल्लामा १, रोल्पामा ४, बर्दियामा २, बाँकेमा १, दाङमा २ वटा भोलुंगे पुल निर्माण गरिएको छ । यसैगरी प्रदेशमा एक वर्षको अवधिमा ह्युमपाइप, स्ल्याब, कल्भर्ट ५७४ वटा निर्माण भएका छन् । रुपन्देही जिल्लामा ३५ वटा, कपिलवस्तुमा १४, पाल्पामा १ सय वटा, गुल्मीमा ९८, अर्घाखाँचीमा १० वटा ह्युमपाइप, स्ल्याब, कल्भर्ट निर्माण गरिएको छ । प्युठान जिल्लामा ४ वटा, रोल्पामा १०, रुकुम पूर्वमा २, बर्दियामा १७५, बाँकेमा ३०, दाङमा ९६ वटा ह्युमपाइप, स्ल्याब, कल्भर्ट निर्माण गरिएको छ ।