नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् । लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन ।
नेपालको हवाई क्षेत्रमा देखिएको समस्या मसाधान गर्ने र अन्तरराष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउनेलगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो ।