एसबिआई बैंकको सहयोग

काठमाडौं– नेपाल एसबिआई बैंकले विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति थियो ।