Logo

मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडाैं- मुक्तिनाथ विकास बैंकले तुलसीपुर उद्योग वाणिज्य संगले सञ्चालन गरेको सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर अभियानलाई साथ दिएको छ । कार्यक्रम अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्युनिकरण र पहिचान गर्न बैंकले विभिन्न स्थानमा सीसी क्यामरा जडान गर्न आर्थिक सहायोग गरेको छ ।

उद्योग वाणिज्य संघको पहलमा सञ्चालित अभियानले बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीय जनतामा समेत सुरक्षाको प्रत्याभूति मिल्ने विश्वास लिएको बैंकले जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनय केसी, संघका अन्य पदाधिकारी र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायत जस्ता सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्