आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तालिम

काठमाडौं– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन तथा एएमएल/सीएफटी तालिमको सेमिनार आयोजना सम्पन्न गरेको छ । कम्पनीले गएको शनिबार बल्थली भिलेज रिसोर्ट काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख तथा शाखा प्रबन्धकहरुको सहभागितामा उक्त सेमिनारको आयोजना सम्पन्न गरेको थियो ।
कार्यक्रममा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा एएमएल/सीएफटीको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकलाई सेवा प्रदान गर्न निर्देशन दिए ।
सोही अवसरमा श्रेष्ठले सबै विभागीय प्रमुख मार्फत कर्मचारीलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।