Logo

कुमारी क्यापिटलको मोबाइल एप सार्वजनिक

काठमाडौं– कुमारी क्यापिटलले ‘कुमारी क्याटिपल’ मोबाइल एप सार्वजनिक गरेको छ । क्यापिटलको मोबाइल एपमार्फत व्यवस्थित लगानी योजना (एसआईपी) सहित अन्य लगानीका सेवा सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्ने क्यापिटलले जनाएको छ ।

क्यापिटल मोबाइल एपको माध्यमबाट एसआईपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्तालाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्ने क्यापिटलको दावी छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई सहज सूचना प्रवाह गर्न एप प्रयोगमा ल्याएको बताए ।

‘प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा बिदेशमा रहनु हुने हरेक नेपालीको हात हातमा पुगोस भन्ने हेतुलेनै हामीले मोबाइल एप मार्फत एसआईपी सुरु गर्ने, डिम्याट खाता खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, आईपीओमा आवेदन दिने जस्ता सुविधाहरू अझ सरल बनाएका छौं ।’ क्यापिटलले लगानी मैत्री प्रविधिको विकासमा विशेष ध्यान दिँदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्