खेतीयोग्य जमिनमा २ वर्षमा ६० घर निर्माण

जुम्लाका खेतीयोग्य जमिनमा घरमात्रै फलेको देख्न सकिने सजिलै अनुमान गर्न सकिन्छ । सदरमुकाम पूर्वको राजसिम खेतमा दुई वर्षमा एउटै खेतमा ६० भन्दा बढी घर निर्माण भएका छन् ।
अलिहे एकपछि अर्कोले गर्दै जुम्लाको सदरमुकाम आसपासदेखि अन्य क्षेत्रमा खेतीयोग्य जमिनमा घर निमाण गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्वाभाविक रूपमा विस्तारै उत्पादनमा गिरावट आउने जिल्ला कृषि विकास कार्यालयले जुम्लाका प्रमुख भरतप्रसाद कँडेलले बताए । पहिले खेतमा एउटा पनि घर थिएन । तर बढ्दै गएको जनसंख्यासँगै अव्यवस्थित सहरीकणका कारण खेतमा घरहरू भरिएको हुनसक्ने उनको अनुमान छ ।
कुनाकोप्चामा भएका पनि सेन्टरमा भएपछि भाडा बढी आउने मोहले खेतीयोग्य जमिन मास्दै घर निर्माण गर्न थालेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । पहिले एउटा पनि घर नभएको जुम्ला सदरमुकामको पूर्व राजसिम, पश्चिम बसपार्क क्षेत्रमा पूरै खेतीयोग्य जमिनमा घर निर्माण भएको उनले जनाए । नगर क्षेत्रभरि सबै गरी झण्डै २० रोपनी जग्गामा घर निर्माण भएको छ भने वार्षिक रूपमा कम्तीमा पनि ५० मेट्रिक टन उत्पादनमा ह्रास आएको कृषि विकास कार्यालयको भनाइ छ ।
घर बनाउन रोक्दै नगरपालिका
अब चन्दननाथ नगरपालिकाले खेतीयोग्य जमिनमा घर निर्माणमा रोक लगाउने भएको छ । भीरपाखामा जग्गा भएका पनि भाडामा दिने मोहले खेतमा धमाधम घर निर्माण गरेकाले रोक्न नगरपालिकाले नीति अवलम्बन गर्ने मेयर कान्तिका सेजुवालले बताइन् । अब निमार्ण हुने घर नगरपालिकाको सिफारिसबिना निर्माण हुदैनन् , उनले थपिन, “अटेरी गरी निर्माण गर्न खोजे कारबाहीको प्रक्रियामा लैजाने उनले चेतावनी दिएकी छन् । पहिले निर्माण भइसकेकालाई केही गर्न नसकिने उनले बताइन् । तर आगामी दिनमा नगरक्षेत्र भरि खेतीयोग्य जमिन मासेर घर लगाउने कोही नभेटिने उनले आश्वासन दिएकी छन् ।
–सागर परियार