Logo

कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं- कालिञ्चोक दर्शन लिमिटेडको १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कम्पनीले साविकका शेयरधनीलाई प्रति शेयर एक सय रुपैयाँ दरको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

आइतबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्