Logo

एनप्याब्सनको महाधिवेशन शुक्रबारदेखि

काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को ८ औं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुने भएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेको समूहले महाधिवेशनको मिति सार्वजनिक गरेको हो ।

यो महाधिवेशनले निजी विद्यालयको हक हित संरक्षण र व्यवस्थित गर्नेमा जोड दिने अध्यक्ष न्यौपानले बताए । एनप्याब्सनले शिक्षक कर्मचारीको सुरक्षामा पनि काम गर्ने उनले बताए । निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरु तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।

राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीच कतिपय मुद्दाहरुमा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दु:खको विषय भएको बताए । प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको जिकिर गरे । उनले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्