क्युआर कारोबारमा फोनपेको आकर्षक उपहार योजना «

क्युआर कारोबारमा फोनपेको आकर्षक उपहार योजना

फोनपेले क्युआरमार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । नयाँ वर्ष–२०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाइल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो ।
फोनपेका सदस्य बैंक तथा ई–सेवामार्फत, नेपालभर रहेका क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भुक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्ने भन्दै कम्पनीले ‘लक्की ड्र’मार्फत विजेता सार्वजनिक गरिने जनाएको छ । यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुनेछ । विजेताहरू दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।
यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् । यस्तै हरेक साता १ जना ग्राहक र १ जना व्यापारीले २५ हजार रुपैयाँबराबरको मोबाइल फोन जित्न सक्नेछन् । यसैगरी हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउने छन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउने पनि कम्पनीले जनायो ।

प्रतिक्रिया दिनुहोस्