Logo

पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग

महेन्द्रनगर– नेपाल उद्योग व्यापार महासंघले पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग गरेको हो ।

उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिले गत माघ कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आम्दानीबाट ५१ हजार रुपैयाँ महासंघलाई सहयोग गरेको हो ।

बिहीबार महासंघ शाखा कञ्चनपुरकै हलमा व्यापार महासंघले नगद रकम हस्तान्तरण गरेको हो । महासंघ कञ्चनपुरका संयोजक लाल परियारले पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीलाई रकम हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्