नहर भत्किएपछि लघुजलविद्युत् परियोजना बन्द

म्याग्दी-धवलागिरी गाउपालिका–६ मा रहेको मराङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । नहर भत्कीएपछि आइतबार देखि ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।
छिसिम्रा भन्ने ठाउमा करिब २० मिटर नहर भासिएको छ । परियोजना बन्द हुदा मराङका तीन सय घरधुरी विद्युत् सुबिधाबाट बञ्चित भएका उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताए । उज्यालोका लागि बत्ति बाल्न, घरायसी काम गर्न, मिल सञ्चालन गर्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न समस्या भएको छ । पक्कि नहर भत्कीदा करिब सात लाख पचास हजार रुपैयाँ बराबरको क्षति पुगेको कोषाध्यक्ष यामलाल सुवेदीले बताए ।
मराङको बेशी, कुम्री, दमका र खागरीबाङका करिब एक सय घरमा गत कात्तिकमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार भएको थियो । विस्तारको क्रममा रहेको केन्द्रीय लाइनबाट नियमित विद्युत् आपुर्ति हुन सकेको छैन ।
मराङ, ठुलो गाउ, खक्सी, राम्चे, हाम्बाङ, आरबाङ, आरबाङ, थापाहरी, घण्टीवाङ र रिखका बासिन्दा पूर्ण रुपमा लघुजलविद्युत् परियोजनाको बिजुलीमा निर्भर थिए । परियोजनाका अपरेटर भक्तबहादुर गर्बुजा सहितको टोलीले पहिरोको निरिक्षण गरेर क्षतिको बारेमा वडा अध्यक्ष र गाउँपालिकालाई जानकारी गराइसकेको छ ।
धिरन खत्री