दशकका उत्कृष्ट ‘टेक प्रडक्ट’ «

दशकका उत्कृष्ट ‘टेक प्रडक्ट’

सन् २०१९ समाप्त भएसँगै नयाँ दशकको शुरूवात भएको छ । यो दशकको शुरूवातसँगै ‘टेकको डिकेड’ शुरू भयो । सन् २०१०लाई दशकको प्रस्थान दशकको रूपमा मानेर हेर्दा यो दशक भएका प्रमुख डिभाइसहरूमा ध्यान दिऔं ।

सन् २०१०
मानिसहरूका लागि टेक बजारमा ‘आइप्याड’ आएको थियो । पीसी मार्केट चिहानतर्फ जाने अपेक्षा गरिएको थियो । समग्र पीसी मार्केटका लागि ‘पीसी इज डेड’ टिप्पणी गर्न थालिएको थियो । माइक्रोसफ्टलाई माइक्रोसफ्ट सरफेसका लागि संघर्ष गर्नुपरेको थियो ।
यो समयमा ‘आइप्याड’ टेकको बजारमा एक शक्तिशाली डिभाइसको रूपमा अगाडि आयो । यो एक शक्तिशाली उत्पादनको रूपमा स्टिभ जब्सको अन्तिम उत्पादन थियो । स्टिभ जब्सको अभिव्यक्तिलाई यो उत्पादनले खण्डन गर्न पुगेको थियो । उनले एक दशक अघि उनले टयाब्लेटसको बुझाइ मुख्र्याइपूर्ण हो (टयाब्लेट्स आर स्टुपिड) । यस्तो अभिव्यक्ति दिएका स्टिभले बजारमा एक सर्वोत्तम उत्पादनको रूपमा ‘आइप्याड’ ल्याएका थिए ।

सन् २०११
यो वर्षमा ‘अउडी ए ७’ नामको नयाँ कारको चर्चा थियो । यसको चर्चालाई ‘एस ७’को आगमनले ओझेलमा पा-यो । प्रविधिको संयोजनले बजारलाई प्रभावित पा-यो ।

सन् २०१२
सन् २०१२ मा नोकियाबाट माइक्रोसफ्ट प्रभावितको एक फोनले बजारमा चर्चा लिएको थियो । यो फोनलाई एक रणनीतिक टयाब्लेटको रूपमा बुझिएको थियो । यो फोन विन्डोज फोन प्लेटफर्मको रूपमा अगाडि आएको थियो ।
तर, दुःखको कुरो यसको सफलताका लागि आवश्यक विषय ‘एप’ सपोर्ट गर्नुपर्ने विषय थियो । त्यो हुन सकेको देखिएन । माइक्रोफ्ट र नोकियाको सहयोगमा बन्ने डिभाइसको सफलता अवरूद्ध भएको अवस्था रहयो ।

सन् २०१३
यो वर्ष उत्पादनहरूको विषय ब्रायन डेभिड जोनसनको पुस्तक ‘हयुमानिटी इन द मेसिन’ सार्वजनिक भयो । यो पुस्तकले त्यतिखेर फेसबुक र गुगलजस्ता कम्पनीको समस्यालाई प्रकाशमा ल्याउन प्रयास गरेको थियो । ती प्रविधि कम्पनीहरूमा ठूलो लगानी लागिरहेको थियो । तर ती लगानी मानवहरूद्वारा प्रयोग हुने वा नहुने विषयमा आंशका थियो ।
यो पुस्तकले वैकल्पिक बाटोहरूको बारेमा खुलायो । मानिसको जीवन खतरनाक र निराश बनाउने भन्दा पनि राम्रो बनाउने विषयमा यो पुस्तकले खुलाएको थियो । मानवताका लागि राम्रो भन्दा राम्रो बाटोको सुनिश्चित गर्ने विषयमा यो पुस्तकले हरेक कम्पनीले रणनीति बनाउनुपर्ने विश्वास दिलायो । दुःखको कुरो हो यो विषय अझ हुन बाँकी रहेको छ ।

सन् २०१४
सन् २०१४मा माइक्रोसफ्ट सरफेस एक्स टु इन वनको जस्तो इफन नेक्स्टबुक आयो । यी दुबै भौतिक रूपमा गरिएको डिजाइन उस्तै देखिएको थियो ।

सन् २०१५
ब्ल्याकबेरी प्रिभ स्मार्टफोनको चर्चा रहेको थियो । विगतमा प्रयोग भइआएको कीबोर्ड र स्क्रिनमा केही परिवर्तन गरी ल्याइएको देखिए पनि यसको बजारीकरण राम्रो भएको देखिएन ।

सन् २०१६
यो समय डिजिटल असिस्टयान्ट्सको तयारीको अवस्था थियो । अमेजन इकोले ठूलो सफलता प्राप्त गरेको थियो । यसको उत्पादनमा इको डटले त्यो समय बजारको ध्यान तान्न सक्यो ।
त्यतिखेर राम्रो साउन्ड भएको स्पिकरका लागि धेरै खर्च गर्नुपर्ने अवस्थालाई अमेजनले समाप्त पार्ने प्रयास गरिरहेको थियो । कम खर्चमा अमेजनले स्पिकर ल्यायो ।

सन् २०१७
थिंक प्याड बजारमा आयो । थिंक प्याड र किबोर्डले एक राम्रो सन्तुलन मिलाएको पाइएको थियो ।
थिंक प्याड २५ त्यतिखेर चर्चा कमाएको थियो ।

सन् २०१८
सन् २०१८मा सुरक्षाको समस्या प्रमुख भएर आयो । भाइरस र मालवेयरलाई टेक क्षेत्रमा पारेको प्रभावलाई बुझ्नुपर्ने आवश्यकता अगाडि आयो । पुलिस स्टेशन, सरकारी कार्यालय र अस्पतालहरूमा भाइरस र मालवेयरको परिभाषा गर्नुपर्ने आवश्यकता आयो । भाइरस र मालवेयरले अर्बौ अमेरिकी डलरको हानी पु-यायो । यसको आक्रमण गरी फिरौती रकम माग्ने काम भयो । यसलाई -यानसमवेयरको रूपमा बुझियो । कृत्रिम बौद्धिकता एआइका उत्पादनहरूले बजारलाई प्रभावित गर्न थाल्यो ।
सन् २०१९सम्म आउँदा धेरै अचम्म खालका उत्पादनहरू बजारमा आए । सर्वाधिक महँगो ट्रेडमिलको रूपमा पेलोटोन ट्रेड रहेको देखिएको छ । यस्तै चिलिप्याड ओलर स्लिप सिस्टम पनि महत्वपूर्ण उत्पादनको रूपमा रहेको कतिपयले जनाएको छ ।
यो दशकको अन्त्यसम्म आउँदा बायन डेभिड जोन्सनको पुस्तकले उल्लेख गरेका समस्याहरूको समाधानको रूपमा टेक्नलजिको डिकेडको रूपमा उलरले मानिसलाई निद्रा राम्रो दिलाउने डिभाइस देखिएको रोब इनडर्लीको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्