नेपाली बजारमा लोकप्रिय बन्दै एलजीका वाशिङ मेसिन

काठमाडौं– एलजी नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरण हुँदै आएको छ । चौधरी ग्रुपले बिगत ४ दशकदेखि एलजीका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणका लागि एक लोकप्रिय ब्रान्ड हो । नेपालमा नविनतम प्रविधि, उर्जा–दक्ष उपकरण, र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ । नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, एलजी वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ मानक स्थापित गरेको छ ।
एलजी वाशिङ मेसिन नेपालकै सबैभन्दा विश्वासिलो ब्रान्ड हो, जसले आफ्नो विरासतलाई निरन्तर कायम राख्दै आएको छ । नवीनतम एलजी वाशिङ मेसिनमा समावेश एआई डाइरेक्ट ड्राइभ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ । ६ मोशन डाइरेक्ट ड्राइभ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्ने बताइएको छ ।