Logo

काशीलाई आईएसओ प्रदान

भैरहवा– सिद्धार्थनगर नगरपालिका भैरहवामा सञ्चालनमा रहेको काशी नोबल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि एकेडेमीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओको लोगो हस्तान्तरण गरेको हो ।

ग्लोबल क्वालिटी काउन्सिलले काशीलाई उक्त चिन्हसहित आईएसओ प्रमाणित गरेको हो । काशीले शैक्षिक गुणस्तरका साथै आवश्यक मापदण्ड पुरा गरेको हुँदा आईएसओ चिन्ह प्रदानगरेको ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रमुख सुदीप शर्माले बताए ।

विद्यालयले प्रदान गर्दे आएको शैक्षिक, प्रशासनिक एवं अन्य सेवा अरु विद्यालय भन्दा फरक र सेवाग्राहीप्रति संवेदनशील रहि गुणस्तरिय सेवा प्रदान गर्दै आएको र आईएसओ प्रमाणित हुन आवश्यक सबै सूचकांक पुरा गरेको हुदा आईएसओ चिन्ह प्रदान गरीएको शर्माले जनाए ।

२०५२ सालमा स्थापना भएको काशी नोबल एकेडेमी लगातार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । काशी नोवल एकेडेमीमा १ हजार ५४३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ११७ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्