ओझेलमा इलेक्ट्रिक ट्रक

सन् २०२० मा इलेक्ट्रिक ट्रकको विकासबाट हुने अर्थतन्त्रको फाइदा ओझेलमा पर्ने देखिएको छ । इलेक्ट्रिक कारको उदयसँगै इलेक्ट्रिक ट्रकको कुरा पनि बजारमा आएको थियो । केही स्टार्टअप पनि सक्रिय भएका थिए । बोलिङ्गर, लर्डस्टन मोटर्स, रिभियन एन्ड वर्क हर्सजस्ता कम्पनीले केही वर्षदेखि इलेक्ट्रिक ट्रकको क्षेत्रमा काम गरिरहेका छन् । तर कसैले पनि यसलाई बजारमा उत्पादन ल्याउन सकेका छैनन् ।
टेस्लाले साइबर ट्रक बनाउने घोषणा गरेको थियो । यसका लागि बजारबाट लगानी संकलन गरेको थियो । टेस्लाले यो घोषणा गरेको केही सातामै साइबर ट्रकका लागि २ लाख भन्दा बढी रिवर्भेशन एक ट्रकका लागि १०० अमेरिकी डलरमा गराइएको थियो । त्यसयता फोर्ड र जीएमले पनि इलेक्ट्रिक भर्सनका गाडी ल्याउने संकेत गरे ।
यी अधिकांश कम्पनीले सन् २०२०–२१ मा ट्रक ल्याउने बताएका छन् । चेभी सिल्भेराडो १५००, फोर्ड एफ–१५०, -याम १५०० वा टयोटा टुन्ड्राले सेडान परिवारका वाहनलाई विस्थापित गरिरहन धेरै कठिन देखिन्छ ।
धेरैले पिकअपले राम्रो काम गर्छ भन्ने बुझ्न थालेका छन् । धेरै पिकअपहरू कम्पनी र उपभोक्तालाई बेचिए । यी सबै भन्दा बढी अपेक्षा इलेक्ट्रिक पिकअपको बढी छ । यी मध्ये टेस्लाको साइबर ट्रकलाई धेरै प्रतिक्षा गरिएको छ ।
साइबर ट्रक क्षमता र प्रतिस्पर्धाका आधारमा बढी क्षमताको हुने देखिन्छ । सबै गाडीहरूका लागि चुनौतीको विषय भनेको इन्धन खपतको विषय हो । ग्यास र इलेक्ट्रिक वाहनले कुनै न कुनै किसिमको इन्धन खपत गर्नेछ । राम्रो सडक नभएको बाटोमा जाँदा यस्ता इन्धन खपत झन् बढेर जाने गरेको देखिन्छ । ट्रकमा भारी बढी लादेमा पनि इन्धन खपत बढाउँछ ।
यस्तोमा टेस्लाको साइबर ट्रकको भिडियोले फोर्डको एफ–१५० सँग युद्ध नै छेडेको अवस्था निम्त्यायो । इलेक्ट्रिक ट्रक र साइबर ट्रकका विषयमा यस्तो समस्या समाधान गर्नुपर्ने हुन्छ । यस विषयमा अझ केही समय लाग्ने देखिन्छ ।