धौबादीमा फलाम उत्खनन् गर्ने अन्तिम तयारी «

धौबादीमा फलाम उत्खनन् गर्ने अन्तिम तयारी

सरकारले नवलपुरको पहाडी क्षेत्रमा रहेको हुप्सेकोट गाउँपालिकामा फलाम उत्खनन् गर्ने अन्तिम तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धौबादी फलामखानीमा यसै आर्थिक बर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी अन्तिम तयारी गरेको हो ।
खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत अध्ययन प्रतिवेदन अनुसार सो क्षेत्रमा एक सय हेक्टर क्षेत्रफलमा फलाम खानी रहेको छ । खानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय ५० मिटरसम्म रहेकाले प्रतिवेदनमा उल्लेख छ । भने उक्त खानीबाट करिव ३० बर्षसम्म प्रतिदिन ८ सय टन फलाम उत्पादन हुन्छ ।
उद्योग सचिव यामकुमारी खतिवडाले सो क्षेत्रमा रहेको फलामको चीनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमूना सम्पन्न भईसकेको बताइन् । उनले हाल औधोगिक परिक्षण कार्यका लागि चीनमा पाठएको साथै फलाम उत्खनन् गर्न कम्पनी स्थापना भएर सञ्चालनको मोडाली समेत तयार भइसकेको पनि बाताईन् ।
मन्त्रालयले हुप्सेकोट गाउँपालिकामा फलाम उत्खनन् गर्न धौबादी फलाम कम्पनी स्थापना गरिसेको छ । कम्पनी माफत नवलपरासीको ४ स्थानमा फलाम खानी उत्खनन् गरिने छ । सरकारले चालू आर्थिक बर्षको बजेट माफत् खानीको व्यावसायिक उत्खननको लागि १ अर्ब विनियोजन गरेको थियो ।
यस्तै, उद्योग सचिव खतिवडाले दैलेखमा पेट्रोलियम पदार्थ अन्बेषण कार्य भईरहेको पनि जानकारी दिइन् । चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम भइरहेको छ । चीनले एक बर्ष भित्र अन्वेषणको काम सम्पन्न गर्ने जनाएको छ । दैलेखमा २ सय लाईन किलोमिटर भुगोलको अध्ययन गरेको मध्ये ६० लाईन किलोमिटर अध्ययन सम्पन्न भएको छ । भने ८ सय किलोमिटर मध्य ४ सय किलोमिटरको म्याग्नेटोटेलरिक अध्ययन सम्पन्न भएको छ ।
सचिव खतिवडाले अध्ययन सम्पन्न भएपछि पेट्रोलियम ड्रिलिङ गर्ने स्थान निर्धारण हुने बताइन् । यस्तै, उद्योग सचिव खतिवडाले सातै प्रदेशको भौगर्भिक नक्सा तयार भएको पनि जानकारी दिइन् । उनले दैलेख र सुर्खेत क्षेत्रमा भूवैज्ञानिक र भू–रसायन अध्ययन सम्पन्न भएको तथा तानसेनमा आगामी मार्च महिनामा सम्पन्न गर्ने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्