सांग्रिला बैंकको छेपेटार शाखा र एटीएम सेवा सुरु «

सांग्रिला बैंकको छेपेटार शाखा र एटीएम सेवा सुरु

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले गोरखाको छेपेटारमा शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष प्रा. डा. रवीन्द्रप्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक राजु गुरुङले एक समारोहबीच सो शाखाको उद्घाटन गरेका हुन् ।
छेपेटार क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न बैंकको छेपेटार गोरखास्थित एक्सटेन्सन काउन्टरको स्तरोन्नति गरी शाखा कार्यालयका रूपमा विस्तार गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । त्यसैगरी बैंकले थकाली सेवा समाज, विनायक बस्ती, बालाजु, काठमाडौंमा एटीएम सेवाको शुभारम्भ गरेको छ । प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचन तथा बैंकका अध्यक्ष प्रा. डा रवीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रूपमा एटीएम मेसिनको उद्घाटन गरेका थिए । निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको वनस्थली, काठमाडौंस्थित यस विकास बैंकको शाखा कार्यालयको अधिनमा रहने गरी सुरु गरिएको उक्त एटीएम यस बैंकका ग्राहकर्वगहरूलाई सेवा प्रदान गर्नका साथै थकाली सेवा समाज तथा त्यस क्षेत्रका बासिन्दाहरूलाई एटीएममार्फत वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

प्रतिक्रिया दिनुहोस्