Logo

कारोबारकर्मी केसी सम्मानित

काठमाडाैं- वृहत दोलखा महोत्सवमा पत्रकारितामार्फत दोलखाको आर्थिक गतिविधि चलायमान बनाउन योगदान गरेको भन्दै कारोबारकर्मी दिलबहादुर केसी सम्मानित भएका छन् । महोत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री बहादुरसिंह लामाले केसीलाई सम्मान गरेका हुन् ।

दोलखाबाट कलासाहित्य, प्रशासनिक, राजनीतिक, खेलकुद लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका र उच्च तहमा पुग्ने व्यक्तित्वलाई विधागत रुपमा सम्मान गरेको छ । महोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा केसीसहित अन्य क्षेत्रमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सोभित उप्रेति, ज्ञानेन्द्र कार्की, रामबहादुर खड्का, रामदास श्रेष्ठ, रामहरि पोखरेल, ध्रुव आचार्यलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्