Logo

नेवारको गुठीमा हस्तक्षेप नगर्न ध्यानाकर्षण

नेवाः सरोकारवालाहरुले सरकारको प्रस्तावित गुठी विधयेक नेवारहरुका लागि स्वायत्त, स्वशासित तथा गुठीमा कसैले हस्तक्षेप गर्न नपाउने नीति आवश्यक रहेको धारणा राखेका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको ‘सरकारको प्रस्तावित गुठी विधयेक र नेवाः सरोकार’ अन्र्तक्रियामा गुठी विधयेक विरुद्ध एकिकृत  आन्दोलनका संयोजक डा. महेशमान श्रेष्ठले नेवारहरुको गुठीमा कसैले हस्तक्षेप गर्न नपाउने शर्तसहित मात्र गुठी विधयेक स्वीकार गर्ने बताए ।
डा. श्रेष्ठले नेवार समुदायको सहमति नलिईकन निर्णय भएमा त्यसको परिणाम राम्रो नहुने बताए । “२०४६ सालमा प्रजातान्त्रिक सरकार आए पनि स्थिति परिवर्तन नभएको र राज्य सत्ताले नेवारहरुको गुठीमा लगातार प्रहार गरिरहेको छ,” उनले भने, “नेवारहरुको गुठीका लागि अलग व्यवस्था हुनुपर्छ । दाङ, सुदूरपश्चिमको गुठी र नेवारहरुको गुठीलाई एकै प्रकारले हेर्नु हुँदैन ।”
गत असार ४ गते नेवार संस्कृति र सभ्यता समाप्त पार्ने खालको गुठी विधयेक प्रस्ताव भएको भन्दै माइतीघरस्थित मण्डलामा मानवसागर उर्लिएपछि नेपाल सरकारले गुठी विधयेक फिर्ता लिएको उनले बताए । अहिले गुठी विधयेक संसदमा विचारधीन रहेको छ । गुठी विधयेक विरुद्ध एकीकृत आन्दोलनया सहसंयोजक तथा अभियन्ता पवित्र बज्राचार्यले गुठी सम्बन्धमा आन्दोलनको सुरुवात ११ वर्षअघि इन्द्रजात्राका लागि गुठी संस्थानले बजेट कटौती गर्दा नै भइसकेको जानकारी दिए ।
खोकनाका अभियन्ता अशोक महर्जनले गुठी विधयेकको आन्दोलनमा असमझदारी भएको भन्दै नेवारहरु पृथक राजनीतिक आस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्