Logo

नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले उक्त विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमका बिच सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्